Skip to content

खड्ग ओली होइन कीर्ते प्रसाद ओली: गगन थापा

ललितपुर । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री शर्मा ओलीले संसद विघटन गरेर नेपाल र नेपाली जनतामाथि घोर अपराध गरेको आरोप लगाएका छन् । सरकारको असंवैधानिक कदम विरूद्ध नेपाली कांग्रेस महाँकाल कार्यपालिका, गोटिखेल ललितपुरले आयोजना गरेको सभालाई सम्बोधन गर्दै थापाले पाँच बर्षका लागि बनाएका प्रधानमन्त्रीले जनतालाई सडकमा जान बाध्य पारेको पनि बताए ।

नेता थापाले राष्ट्रपति विद्यादेवी भण्डारी नेपाली अभिभावक नभइ नेकपा भित्रको एक गुटको कुलपति बनेको आरोप लगाए । प्रधानमन्त्री ओलीले गरेको किर्ते काममा राष्ट्रपतिले हस्ताक्षर गरेकाले सम्मान गर्ने अवसर गुमाएको बताउँदै भने,‘हाम्रो बा-आमा भन्दा पहिले मठ मन्दिरमा राष्ट्रपतिलाई पुज्ने हामीलाई लज्जाबोध भएको छ ।’

‘यतिबेला हामीलाई खड्कप्रसाद ओली होइन किर्तेप्रसाद ओली भन्नुपर्ने अवस्था आयो’ थापाले भने, ‘यो सबै घट्नाको दोषी ओलीमात्र होइन प्रचण्ड-माधव-झलनाथ पनि उत्तिकै जिम्मेवार छन ।’सर्वोच्च अदालत संविधानको धाराले जन्माएकाले अदालत प्रधानमन्त्रीबाट प्रभावित हुनु गम्भीर विषय भएकाले अदालतले विवेक पुयाएर जनतालाई न्याय गर्नुपर्ने धारणा थापाले राखे ।

‘चुनाव गर्ने पद्धती प्रधानमन्त्रीले मिचेकाले अब संविधानलाई ट्रयाकमा ल्याई संविधान सम्मत चुनाव गर्ने बाटोमा अघि बढौं’, उनले भने,‘कांग्रेस चुनावमा त अवश्य जान्छ तर संविधान अनुसार जान्छ ।’

हाम्राकुराबाट

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर