मकवानपुर। नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टचार बिरुद्धको अभियान आफूले संचालन गर्दा आफूघेराबन्दीमा परेको बताउनुभएको छ । सोमबार हेटौंडामा रेडियो सन्देश, निकास साप्ताहिक र थाहा नेपाल अनलाइनको वार्षिकोत्सको उद्घाटन् गर्दै उहाँले शुशासनको अभियानलाई तुवाउनका लागि निकै तानावाना बुनीदै गरेको बताउनुभयो । भ्रष्टाचार र तस्करीका विरुद्ध नियन्त्रणको प्रयास निरन्तर रुपमा चलिरहने उहाँले बताउनुभयो ।
भ्रष्टाचार नियन्त्रण गर्दा तस्करहरुलाई पक्राउ गर्दा सरकार र गृहमन्त्रालयका विरुद्ध केही सक्ति लागिपरेको उहाँले बताउनुभयो ।पहिले प्रहरी र गृहप्रशासनका कर्मचारी सरुवा गर्दा पनि निकै बेथिती रहेपनि अहिले नियम बनाएर मात्र सरुवा, वढुवा पदस्थापन गर्ने गरेको उहाँले बताउनुभयो ।
पहिले देखिनै प्रहरीको सरुवा हुँदा हुने गरेका लेनदेन पनि अहिले सुन्यमा झारिएको उहाँले बताउनुभयो । गृहमन्त्री र गृहसचिबहरु हरेक दिन सुराकीका नाममा लिने हजारौ रुपैयाँ खारेज गरेर शुशासनको कामको सुरुवात गरिएको मृहमन्त्री श्रेष्ठले बताउनुभयो ।
कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल, आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठ, सामाजिक विकास मन्त्री कुमारी मुक्तान लगायतकाको आतिथ्यता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्