Skip to content

वीरगञ्जको घण्टाघरमा जडान गरिएको बत्ती चोर्ने एक भारतीयसहित दुई जना पक्राउ

वीरगञ्ज। वीरगञ्जको घण्टाघर क्षेत्रलाई उज्यालो र आकर्षक बनाउन वरिपरि जडान गरिएको बत्ति तोडफोड गर्ने र चोर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय वीर्ताबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज– ८ का १८ वर्षिय अविनाश खत्री र भारतको मोतीहारी घर भएका १८ वर्षिय नितेश मल्लिकलाई आइतवार बेलुकी घण्टाघर क्षेत्रबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
सिसि टिभीमा रेकर्ड भएको दृश्यका आधारमा अनुसन्धान गर्दै जाँदा चोरीको घटनामा खत्री र मल्लिक संलग्न रहेको भेटिएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाई छ ।दुवै जनालाई .वडा प्रहरी कार्यालय वीर्तामा राखेर अभद्र व्यवहार कसूरमा मुद्धा दर्ता गरी पर्सा जिल्ला अदालतबाट तीन दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान भइरहेको पर्साका प्रहरी नायब उपरीक्षक कु्मारबिक्रम थापाले जानकारी दिनुभयो ।
महानगरपालिकाले घण्टाघरलाई उज्यालो र आकर्षक बनाउन वरिपरि जडान गरेको बत्ति गत शुक्रबार राति तोडफोड गरिनुको साथै चोरीसमेत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर