Skip to content

माओवादीको ३ महिने अभियानः श्रमदानबाट बाटो तथा सिढी निर्माण

ललितपुर। जनजनमा माओवादीः घरघरमा माओवादी भन्ने मूल नारा लिएर जनतासँग माओवादी विशेष रुपान्तरण अभियान चलाएको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को ३ महिने अभियान अन्तर्गत ललितपुरको कोन्ज्योसोम गाउँपालिकाका ५ वटै वडामा विभिन्न सामाजिक कामहरु भएका छन् । अभियानमा खटिएका माओवादी केन्द्रका नेता कार्यकर्ताले कोन्ज्योसोम गाउँपालिका वडा १ चौधरेमा जनश्रमदानबाट बाटो निर्माण तथा बाटोमा सिढी निर्माणको काम सम्पन्न गरेका छन् । चौघरेको घोङ्वा टोलमा बाटोमा सिढी निर्माण र सिरुडाँडामा गोरेटो बाटो निर्माण कार्य सम्पन्न भएको हो  ।

अभियानमा पार्टीको वडा कमिटी अध्यक्ष कान्छालाल लामा, वडा कमिटीको इन्चार्ज तथा वडा अध्यक्ष सन्तलाल लामा, वडा सदस्य आइते लाल घोङ्वा, पार्टीको पालिका अनेमसंघ क्रान्तिकारी अध्यक्ष डोल्मा लामा, पालिका कमिटीको वाइसीएल संयोजक रिता लामा तथा पार्टीको सदस्यहरूको सहभागितामा जनश्रमदानबाट बाटो निर्माण भएको छ ।जनतासँग जनताले प्रत्यक्ष महसुस र अनुभव गर्नसक्ने काम गर्दा जनता र पार्टीको सम्बन्ध थप विस्तार हुने र जनताको माग, समस्या तथा आशा अपेक्षा थाहा हुने र त्यसैअनुसार योजना बनाएर जनताको समस्या समाधान गर्न सकिने, पार्टी र जनताबिच थप सम्बन्ध सुधार गर्दै विश्वसनीयता हासिल गर्न सकिने भएकाले यस्ता कार्यहरू निरन्तर भैरहनुपर्छ भन्दै माओवादी केन्द्र कोन्ज्योसोम गाउँपालिका कमिटी अध्यक्ष महेश लामाले अन्य वडामा पनि विभिन्न रचनात्मक कामहरु भैरहेको र थप योजना निर्माण गरेर अघि बढ्ने जानकारी दिए ।माओवादी केन्द्रकी स्थायी कमिटी सदस्य तथा पुर्वसभामुख ओनसरी घर्ती मगरले कोन्ज्योसोम गाउँपालिकाको अभियानको कमाण्डरको जिम्मेवारी लिएकी छिन्।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर