Skip to content

मर्न तयार तर झुक्न तयार छैनौं :प्रचण्ड

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तिम भरोषा जनतामाथि रहेकोले आक्रमक आन्दोलनको तयारीका लागि निर्देशन दिएका छन्। अनेरास्ववियू उपत्यकास्तरीय भेलामा प्रचण्डले ओली प्रवृत्तिविरुद्धको आन्दोलनमा आफू लाठी खान पनि तयार रहेको बताए। तर झुक्न नसकिने बताए।

दाहालले गिरिजाप्रसाद कोइराला, झलनाथ खनाललगायतले विगतका आन्दोलनमा लाठी खाएको प्रसंग उठाउँदै प्रचण्डले भने, ‘मलाई किन-किन टाउको चिलाएको छ यसपटक। लाठी खान मन छ। साँच्चै हो। तपाइँहरु पछाडि म अगाडि बसेर माघ ९ मा प्रदर्शन हुन्छ। देशमा ठूलो षडयन्त्र हुँदैछ। त्यसलाई रोक्नुपर्छ। तपाइँहरुले षडयन्त्रकारीहरुविरुद्धको आन्दोलन आक्रमक बनाउनुस्।’

उनले जनताले सडकबाटै ठूल्ठूला फैसलाहरु गरेको इतिहास स्मरण गर्दै उनले अगाडि भने ‘त्यो बेला रत्नपार्कमा प्रहरीले डन्डा हानेर गिरिजाप्रसाद कोइरालाको टाउको फुटाएको हामीले देखेका छौं। त्यसैले हामीले युवाहरूलाई अगाडि आउन भन्दैनौं। हामी नै अगाडि लाग्छौं। घेरा तोड्नुपरे पनि हामी नै तोड्छौं टाउको हाम्रै फुटोस् तपाईंहरूको नफुटोस्।’

प्रचण्डले देशलाई प्रतिक्रान्तिको अँध्यारो, भड्खालोमा हालेको हेर्न नसकिने बताए। ‘देशलाई प्रतिक्रान्तिको भड्खालो, अँध्यारोमा हालेको हेर्न सकिँदैन, सकिन्न। हिजो पनि मर्न हिँडेका हौं जरुरी पर्छ भने मर्न तयार तर झुक्न तयार छैनौं,’ उनले भने, ‘संवैधानिक संस्थाप्रति हाम्रो अन्य केही गुनासो र अविश्वास छैन। गलत फैसला भयो भने के गर्ने त्यतिबेलै सोचौंला। तर हामीलाई सबभन्दा ठूलो भरोषा जनतामाथि छ।’

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर