Skip to content

टेरामोक्सले ग्राहकको गोपनीयतामा कुनै आँच आउँदैन’:अध्यक्ष खनाल

काठमाण्डु। नेपाल दूरसंचार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले टेलिकम्युनिकेसन्स् ट्राफिक मोनिटिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामोक्स)ले ग्राहकको गोपनियतामा कुनै आँच नआउने जिकिर गरेका छन्।
प्राधिकरणले आइतबार गरेको पत्रकार सम्मेलनमा उनले टेरामोक्सले अवैध कल बाइपास, टेलिकम अपरेटरहरुको कलको मात्रा मापन तथा ठगी वा भीओआइपी गेटवेज पहिल्याउने जिकिर गरे।उनले दुरसंचार सेवामा अपराधिक क्रियाकलापको निरीक्षण, न्युनीकरण गरेर दूरसंचार सेवालाई विश्वासिलो र गुणस्तरीयता मापन गर्ने बताए।
टेरामोक्स संचालनका लागि कार्यविधि बन्न बाँकी रहेको उनले बताए। खनालका अनुसार कार्यविधि बनाउने निर्णय भएपनि अपरेटरसँग छलफल हुन बाँकी छ।‘एनटीएले आन्तरिक निर्णय गरिसकेको छ। अपरेटरहरुसँग बसेर बनाउनु पर्ने भएकाले समय लागेको हो। टेरामोक्सको इनिसियल फेजदेखि नै कार्यविधिका लागि अपरेटरसँग बसेर छलफल गरिरहेका छौँ।’

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर