Skip to content

अबदेखि मलेसियामा काम गर्ने नेपालीले सिधै इसेवा मनि ट्रान्सफरमा पैसा पठाउन सक्ने

पोखरा।  इसेवा मनि ट्रान्स्फर र मलेसियाको सीबीएल मनि ट्रान्स्फरबीच रेमिट्यान्स भुक्तानी सम्बन्धमा सम्झौता भएको छ।सम्झौतासँगै मलेसियामा बसोबास तथा काम गर्दै आएका नेपालीहरुले सीबीएल मनि ट्रान्स्फरका १५ शाखाहरु वा मोबाईल एपबाट नेपालमा ईसेवा मनि ट्रान्स्फरमार्फत रेमिट्यान्स पठाउन सक्ने छन्।
सीबीएल मनि ट्रान्स्फरबाट पठाएको रेमिट्यान्स ईसेवा मनि ट्रान्स्फरका १३ हजार ८०० भन्दा बढी भुक्तानी केन्द्र, बैंक तथा वित्तिय संस्था तथा इसेवाका १ लाखभन्दा बढी क्यास प्वाइन्ट र ७५ लाखभन्दा बढि प्रयोगकर्ताले वालेटबाट सहजै प्राप्त गर्न सक्नेछन्। सम्झौता पत्रमा इसेवाका प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला र सीबीएलका प्रमुख कार्यकारी अधिकृत मोहम्मद सैदुर रहमान फराजीले हस्ताक्षर गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर