Skip to content

दुई पत्रकार पुरस्कृत

काठमाण्डु। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले ‘नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार-२०२२’बाट दुई पत्रकारलाई पुरस्कृत गर्नुभएको छ। नेपाल पत्रकार महासंघ र नेपाल-अमेरिका पत्रकार संघ(नेजा)द्वारा आज आयोजित कार्यक्रममा जुम्लाकी दिलमाया शाही र सिन्धुपाल्चोककी कमला पाख्रीनलाई यसवर्षको पुरस्कारबाट पुरस्कृत गरिएको हो। शाही “सन्धान अनलाइन” र पाख्रीन “कान्तिपुर टेलिभिजन”मा सम्बद्ध हुनुहुन्छ। नेजाको पहलमा स्थापित पुरस्कार राशि जनही एकलाख एघार हजार छ। पुरस्कृत पत्रकारलाई उपप्रधानमन्त्री श्रेष्ठ, महासंघका अध्यक्ष बिपुल पोखरेल, महासचिव रोशन पुरी, पूर्व अध्यक्ष गोविन्द आचार्य, प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, न्युनतम पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष संगीता खड्का, पत्रकार निर्मला आचार्य, नेजा अध्यक्ष सुरज भण्डारी लगायतले बधाई तथा शुभकामना दिनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर