Skip to content

गण्डकी गाउँपालिकामा अध्यक्षकप फुटवल प्रतियोगिता सुरु

गोरखा। गोरखाको गण्डकी गाउँपालिकामा आजदेखि प्रथम अध्यक्षकप फुटवल प्रतियोगीता ‘२०८०’ सुरु भएको छ । गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा सुरु भएको प्रतियोगीता दुई दिनसम्म सञ्चालन हुने गाउँपालिकाका अध्यक्ष दीपक तिमल्सिनाले जानकारी दिनुभयो ।

पालिका भित्र खेलकुद क्षेत्रका विकास गर्दै खेलाडीहरु उत्पादनमा सहयोग पु¥याउने उद्देस्य सहित प्रतियोगीताको आयोजना गरिएको उहाँले बताउनुभयो । प्रतियोगीतामा पालिका भित्र रहेका माध्यामिक विद्यालयहरुबाट फुटवल टिमको सहभागीता रहेको छ ।

वडा नम्बर ५ स्थित दर्बुङमा सुरु भएको प्रतियोगीतामा प्रत्येक विद्यालयहरुबाट छात्र तथा छात्राहरुको फुटवल टिम सहभागी भएका छन् । प्रतियोगीतामा उपाधी विजेता टिमले नगद ३० हजार रुपैया सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

त्यस्तै दोस्रो हुने टिमले नगद १५ हजार रुपैया सहित ट्रफी मेडल र प्रमाण पत्र तथा तेस्रो हुने टिमले नगद रु ७ हजार सहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।

स्वास्थ्यका मात्र नभएर खेलकुद प्रतियोगीताहरुले युवाहरुको व्यक्तित्व विकासमा पनि सहयोग पुग्ने र उनिहरुमा आत्माविश्वास पनि बढाउन मद्दत पुग्ने भएकाले गाउँपालिकाले खेलकुद क्षेत्रलाई प्राथामिकता दिदै आएको अध्यक्ष तिमल्सिनाको भनाई छ । प्रतियोगीताको एक कार्यक्रमका विच गाउँपालिका अध्यक्ष तिमल्सिनाले उद्घाटन गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर