Skip to content

नेपाली काँग्रेस गोरखाको दोस्रो जिल्ला सम्मेलन आज

गोरखा। नेपाली काँग्रेस गोरखाले आज हुने पार्टीको दोस्रो जिल्ला सम्मेलनको सवै तयारी पुरा भएको जनाएको छ । काँग्रेस गोरखाले हिजो जिल्ला पार्टी कार्यालय तीनधारेमामा पत्रकार सम्मेलनको आयोजना गरी पार्टीको आज हुन लागेको जिल्ला सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको थियो ।

पत्रकार सम्मेलनमा गोरखा क्षेत्र नम्बर १ (क) का प्रदेशसभाका सांसद समेत रहनुभएका पार्टीका जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले दोस्रो अधिबेशनमा नेपाली काँग्रेस गोरखाले दुई बर्षमा जिल्लामा गरेका कामको बारेमा समिक्षा गर्ने बताउनुभयो । जिल्ला भित्रका सवै क्षेत्रबाट सहभागी हुने प्रतिनिधिहरुबाट सम्मेलनमा क्रममा पार्टी प्रति आम नेता कार्यकर्ताको बुझाई, धारणा र अहिलको अवस्थाको बारेमा समेत छलफल गर्ने उहाँले जानकारी दिनुभयो ।‘‘जिल्लाको समग्र विकास निर्माण लगायतका क्षेत्रमा काग्रेसको भूमिका र सम्बन्धित निकायहरुले गरेका काम बारेमा समेत सम्मेलनमा छलफल र समिक्षा हुन्छ ।’’ सभापति न्यौपानले भन्नुभयो । सम्मेलनमा पार्टीका इकाई, प्रदेश र केन्द्रमा रहेका प्रतिनिधिहरु गरी कुल १ हजार ७ सय जनाको सहभागीता रहने उहाँले बताउनुभयो ।

सम्मेलनको पार्टीका केन्द्रीय महामन्त्री गगन थापाले उद्घाटन गर्नुहुने काँग्रेस गोरखाले जनाएको छ । नेपालमा सुशासन कायम गर्दै भष्टाचारको अन्त्य गर्ने भन्ने मुल नाराकासाथ सम्मेलन सम्पन्न गरिने उहाँको भनाई छ ।सम्मेलन सम्पन्न भएपछि सम्मेलनले दिएको दिशानिर्देश अनुसार गाउँगाउँमा पुगेर जनताका समस्या तथा गुनासो सुन्न पार्टी नेतृत्व पुग्ने गरी कार्यक्रम तय गरिने सभापति न्यौपानले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर