Skip to content

अस्ताए पूर्व नगरप्रमुख पौडेल!

कलैया। बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका पूर्व नगरप्रमुख डा। कृष्ण पौडेलको आज (शुक्रबार) अन्तिम संस्कार गरिएको छ । हृदयाघातका कारण निधन भएका पौडेलको दुधौराखोलामा शुक्रबार अन्तिम संस्कार गरिएको हो ।
अन्तिम संस्कारका क्रममा श्रद्धाञ्जली अर्पण गर्न पूर्वमन्त्री एवं बारा ४ का प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ किसान, जीतपुरसिमरा उपमहानगर प्रमुख राजन पौडेल, विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता, संघसंस्थाका प्रतिनिधि, समाजसेवी, शिक्षासेवी लगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।अन्तिम संस्कार पूर्व पौडेलको पार्थिव शरीरलाई वडा नं २ को वडा कार्यालयअगाडि राखेर श्रद्धाञ्जली अर्पण गरिएको थियो । श्रद्धाञ्जली सभामा पूर्वमन्त्री एवं नेकपा एमालेका पुरुषोत्तम पौडेल, प्रतिनिधि सभाका सदस्य अच्युत मैनाली लगायतका एमाले नेता कार्यकर्ताद्वारा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए । त्यसपछि शव यात्रासहित सिमरा बजार परिक्रमा गर्दै दुधौरा खोलामा अन्तिम संस्कार गरिएको थियो ।पूर्व नगरप्रमुख पौडेलको निधनले सिंगो उपमहानगर शोकाकुल बनेको छ । बिहीबार आफ्नै घरमा हृदयाघातका कारण पौडेलको निधन भएपछि जीतपुर सिमरा शोकाकुल बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर