Skip to content

निजगढ भेट्रान्समा डिफेन्डिङ च्याम्पियन न्यू जनजागृति पराजित

कलैया। चौतारा युवा क्लव र निजगढ नगरपालिका वडा नम्बर ७ वडा कार्यालयको संयुक्त आयोजनामा भइरहेको तेस्रो निजगढ नगरस्तरीय भेट्रान्स फुटबल प्रतियोगिताअन्तर्गत आइतवार भएको खेलमा चौतारा युवा क्लवले न्यू जनजागृति भेट्रान्स टिमलाई २-० गोल अन्तरले पराजित गरेको छ । जितसंगै चौतारा प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।
खेलको ७औं मिनेटमा गणेश कार्कीको गोलमा चौतराले अग्रता लिएको थियो । १९औं मिनेटमा धनराज लामाले गोल थपेर चौतारको जित सुनिश्चित पारेका थिए ।
निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टिमबाट गोलको प्रयास भए पनि गोल भने हुन सकेन । खेलको म्यान अफ दि म्याच बन्न सफल धनराज लामालाई नेत्रोदय माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन डि.सी.ले ट्रफी प्रदान गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर