Skip to content

ग्लोबल आईएमई बैंकको दशैं लक्षित अफर सार्वजनिक

पोखरा। ग्लोबल आईएमई बैंकले दशैंको अवसरमा ‘ग्लोबल आईएमई बैंकको साथमा दशैं रमाईलो’ भन्ने नारा सहित विभिन्न डिजिटल कारोबारहरुमा छुट तथा क्यासब्याक योजनाहरु सार्वजनिक गरेको छ ।बैंकको डेबिट तथा क्रेडिट कार्ड बाहक ग्राहकले आफैलाई आवश्यक सामान खरिद गर्दा बैंकको कार्ड प्रयोग गरी पीओएस मेसिनबाट भुक्तानी गर्दा ३ सय रुपैयाँदेखि ५ सय रुपैयाँसम्मको नगद फिर्ता हुनेछ ।
यस नगद फिर्ता योजना मार्फत बैंकको डेबिट तथा क्रेडिट कार्ड बाहक ग्राहकहरुले योजना अवधिभर कम्तीमा १ हजार रुपैयाँको ३ वटा कारोबार गरेमा ३ सय रुपैयाँ तथा ५ वा सोभन्दा बढी पटक कार्डको प्रयोग गरी भुक्तानी गरेमा ५ सय रुपैयाँको नगद फिर्ताबाट लाभान्वित हुनेछन् । यो योजना २८ असोजदेखि ७ कात्तिकसम्म लागू हुनेछ ।साथै, बैंकले आफ्नो मोबाइल बैंकिङ प्रयोगकर्तालाई लक्षित गरी छुट योजना पनि सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत बैंकका मोबाईल बैंकिङ प्रयोगकर्ताहरुले आफूलाई आवश्यक समानहरु खरिद गर्दा क्यूआर कोड स्क्यान मार्फत भुक्तानी गर्दा ‘DASHAIN’ प्रोमो कोड प्रयोग गरी आफ्नो खरिद मूल्यमा तुरुन्तै १० प्रतिशत वा अधिकतम ३ सय रुपैयाँसम्मको नगद छुट पाउनेछन् । यो योजना २८ असोजदेखि ७ कात्तिकसम्म लागु हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर