Skip to content

मुस्ताङमा प्रधानमन्त्रीको घोषणा: जलवायु परिवर्तनको क्षति रोक्न ५० करोड उपलब्ध गराउने

पोखरा। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुस्ताङमा जलवायु परिवर्तनबाट हुने क्षति न्यूनीकरणको लागि सरकार गम्भीर रहेको बताएका छन् ।जलवायु परिवर्तन र उच्च तापमान वृद्धिका कारण देखिएका चुनौतीहरूबारे सरकार र जनताबीच संवाद कार्यक्रमलाई सम्बोधन गर्दै जलवायुसँग सम्बन्धित अन्तर्राष्ट्रिय संस्थाबाट प्राप्त हुने ५० करोड सहयोग मुस्ताङलाई दिने बताए ।उनले भने, ‘यसबाट सरकारले मुस्ताङ जिल्लाको ऐतिहासिकता, भौगोलिक विशिष्टता, संस्कृति, परम्परा र उत्पादनप्रति सरकार निकै नै संवेदनशील छ भन्ने प्रमाणरूपमा राख्न चाहन्छु ।’जलवायु परिवर्तन अहिले अन्तर्राष्ट्रिय चुनौती बनेको उनले बताए । संयुक्त राष्ट्रसंघको महासभामा पनि आफूले यसबारे गम्भीरतापूर्वक कुरा राखेर विश्वको ध्यानाकर्षण भएको प्रचण्डको भनाइ छ । हिमाल र हिमाली क्षेत्रमा भएको जलवायु परिवर्तनको क्षतिबारे विश्व समुदायले ध्यान नदिएर ग्लोबल फण्ड केन्द्रित नगरे ठूलो मानवीय र प्राकृतिक आपत्‌को स्थिति विश्वले नै सामना गर्नुपर्ने उनले बताए ।प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनको असर रोक्नको लागि कोषको स्थापना गरेर अन्तर्राष्ट्रिय समुदायमा पनि अपील गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर