Skip to content

नेपाल आइपुग्यो भारतले दिएको मुर्रा राँगा, कहाँ- कहाँ हुँदैछ वितरण ?

पोखरा। दक्षिणी छिमेकी मुलुक भारतले नेपाललाई दिने भनेको १५ वटा मुर्रा राँगा नेपाल आइपुगेको छ ।राँगाहरु बुधबार बेलुकी नेपालगञ्जको रूपैडिया नाकामा पशु सेवा विभागका कर्मचारीले बुझेका छन् । भारतले रुपैडिाया नाकामा ल्याएर नेपालका अधिकारीहरुलाई १५ वटा मुर्रा राँगा बुझबुझारथ गरेका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गत जेठ१८ देखि २१ सम्म नयाँ दिल्ली भ्रमणमा रहेका बेला भारत सरकारले नेपाललाई १५ वटा मुर्रा राँगा अनुदानमा दिने बताएको थियो । त्यसपछि संसदमा समेत यो विषयले निक्कै बहस भएको थियो । प्रतिपक्षीले प्रधानमन्त्रीको भारत भ्रमण मुर्रा राँगा माग्नेमा मात्र सफल भएको भन्दै निक्कै आलोचना गरेका थिए ।त्यसबेला प्रधानमन्त्रीसँग ब्यक्त गरेको प्रतिबद्धता अनुसार नेपाललाई आज भारतले राँगा बुझाएको हो ।सोही राँगा लिन बुधबार पशु सेवा विभागका प्रमुख एवं पशु विकास अधिकृत माधव अर्यालसहितको टोली नेपालगञ्ज पुगेको थियो।अब यी राँगाहरूलाई लहान, पोखरा र नेपालगञ्जमा रहेको राष्ट्रिय पशु प्रजनन केन्द्रमा पाँच(पाँच वटाको दरले बाँड्ने मन्त्रालयले निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर