Skip to content

प्रधानमन्त्रीलाई गालीको वर्षा !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । सो प्रदर्शनमा देशभरबाट मानिस सहभागी गराइएको छ । ५ पुसमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि निर्वाचनको घोषणा गरेपछि त्यसविरुद्ध दाहाल–नेपाल समूहले आन्दोलन गर्दै आइरहेको छ ।

आजको राजधानी दैनिकमा खबर छ – दोस्रो चरणको आन्दोलनअन्तर्गत दाहाल–नेपाल समूहले हजारौंको सहभागितामा काठमाडौंमा प्रदर्शन गरेको हो । प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्दै दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल, माधवकुमार नेपाललगायतका शीर्ष नेताहरूले सडकबाटै प्रधानमन्त्री ओलीलाई हटाउने चेतावनी दिएका छन् ।

सम्बोधनका क्रममा शीर्ष नेताहरूले प्रधानमन्त्री ओलीको चर्को विरोध गरे । धेरै नेताले मुलुकको समृद्धि र विकासका कुरा गर्नुभन्दा प्रधानमन्त्री ओलीलाई गाली गर्नमा नै धेरै समय व्यतीत गरेका थिए ।

माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिवाटिकालगायतका स्थानबाट जुलुस निकालिएको थियो । जुलुस रत्नपार्क, बागबजार, पुतलीसडक, प्रदर्शनीमार्ग, भद्रकाली, शहीदगेट, सुन्धारा, भोटाहिटी, पुरानो बसपार्क हुँदै भृकुटीमण्डपमा पुगेर सभामा परिणत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर