Skip to content

महेन्द्र लिला मा.बि.को ६१ औ वार्षिक उत्सब सम्पन्न, बिध्यालयको शिक्षिका कुमारी गुरुङ सम्मानित

गोरखा। सिरानचोक गाउँपालिका वडा न ३ मा रहेको महेन्द्र लिला मा.बि.ले ६१ औ बार्षिक उत्सब कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा उत्कृष्ट पठनपाठन गरेको तथा बिध्यालयको काम कार्वाहीमा इमान्दारीताका साथ काम गरेको भन्दै शिक्षिका कमारी गुरुङलाई बिध्यालयले आज सम्मान गरेको हो ।
ककार्यक्रममा सिरानचोक गाउपालिकाको उपाध्यक्ष रिता देबकोटाको प्रमख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी रिता देबकोटाले यस बिध्यालयको नाम पालिकाभरी नै रहेको भन्दै चर्चा गर्नु भएको थियो । पालिका भरीको ४६ सामुदायीक बिध्यालयहरु मध्ये उत्कृष्ठ रहेको पनि देबकोटाले जानकारी दिनु भयो ।
यस बिध्यालय जुनसकै खेल तथा अन्य कार्यक्रममा गए पनि एउटा पोजिसन ल्याउने गरेको गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ सिल प्रतियोगिता २ पटक सिल जितेको पनि स्मरण गराउनु भयो । खेल मैदानको अभाब रहेको भन्दै जग्गा खोजेर आए खेल मैदान बनाउन पालकिाले सहयोग गर्ने पनि रिता देबकोटाले जानकारी दिनुभयो ।
कार्यक्रममा बिषेश अतिथी गाउँपालिका शिक्षा तथा खेलकद शाखाका प्रमख मोतिमाया ढकालले यस बिध्यालयलाई बालमैत्री हब बिध्यालयको रुपमा अगाडि बढाएको पनि बताउन भयो । कार्यक्रम बिध्यालय ब्यावस्थापन समितिका अध्यक्ष जगदिश्वर ढकालको अध्यक्षतामा सम्पन्न भएको थियो ।
बार्षिक उत्सब कार्यक्रममा बिध्यालयमा बिभिन्न बिधामा उत्कृष्ठ हुने बिध्यार्थीहरुलाई पनि सम्मान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर