Skip to content

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका देउवाका बिश्वास पात्र बालकृष्ण खाँण धरौटीमा रिहा

पोखरा। नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण देउवाको अथक प्रयासपछि रिहा भएका छन् ।रिहा लगत्तै उनी प्रचण्डको निम्ता मान्न गोकर्ण रिसोर्ट हानिएका थिए।
उच्च अदालत पाटनको आदेशसँगै ३० लाख धरौटी बुझाएका खाँणलाई सम्पत्ति सुद्धीकरणमा बुझाइएको थियो । सम्पत्ति सुद्धीकरणले खाँणसँग बयान लिएको थियो । बयानपछि खाणसँग १५ लाख धरौटीमा माग भएको थियो ।सम्पत्ति सुद्धीकरणमा  उनले धरौटी वापत बैंक जमानत राखेको बताइएको छ ।
खाँणलाई सम्पत्ति सुद्धीकरणपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा हाजिर गराइएको थियो । अख्तियारले भने खाँणलाई साधारण तारेखमा छोडेको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको अभियोगमा प्रहरीले उनलाई गत वैशाख २७ गते पक्राउ गरेको थियो । खाँण सात महिना जेल बसेर रिहा भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर