Skip to content

काठमाडौँ टेक्निकल स्कुलका सीईओ घिमिरे महासंघको शिक्षा,सीप विकास तथा रोजगार समितिको उपसभापतिमा मनोनित

काठमाण्डु । काठमाण्डु टेक्निकल स्कुलका सीईओ उपेन्द्र शर्मा घिमिरे नेपाल उद्योग वणिज्य महासंघको शिक्षा, सीप विकास तथा रोजगार समितिको उपसभापतिमा मनोनित भएका छन् । घिमिरेसँगै समितिको उपसभापतिमा वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारी, मेगा कलेजका सहायक क्याम्पस प्रमुख मधुकर पाण्डे पनि उक्त समितिमा मनोनित भएका छन् ।

समितिको सदस्यहरुमा नेपाल शैक्षिक परामर्श संघका निवर्तमान अध्यक्ष प्रकाश पाण्डे, इकोनोमिक मिडिया सोसाइटी नेपाल(इम्सन)का महासचिव तथा सञ्चार उद्यमी नारायण प्रसाद पौडेल, स्वास्थ्य तथा विज्ञान प्रविधि फोरमका महासचिव निर्मल सापकोटा, नव प्रवर्तन विज्ञ अनिल पराजुली र कन्सर्न नेपालका नवराज खनाल रहेका छन् ।त्यसैगरी, समितिको सल्लाहकारहरुमा त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायका डिन प्रा डा डिल्लीराज शर्मा, हिसानका सभापति रमेश शिलवाल, प्याब्सनका अध्यक्ष डिके ढुंगाना र सीटीईभीटीका उपाध्यक्ष खगेन्द्र अधिकारी रहेका छन् ।

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मनोनित सल्लाहकार, उपसभापति तथा सदस्यहरुलाई बुधबार महासंघको सचिवालयमा आयोजित एक कार्यक्रमबिच मनोनयनपत्र प्रदान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर