Skip to content

श्रीलङ्काका परराष्ट्रमन्त्री मोहम्मद उभियास मोहम्मद अली साब्री चन्द्रागिरीमा

काठमाण्डु। नेपाल भ्रमणमा रहनुभएका श्रीलङ्काका परराष्ट्रमन्त्री मोहम्मद उभियास मोहम्मद अली साब्री आज काठमाडौँको एक प्रसिद्ध पर्यटकीय गन्तव्य चन्द्रागिरी पुग्नुभएको छ ।
आज अपरान्ह चन्द्रागिरी पुग्नुभएका परराष्ट्रमन्त्री साब्रीलाई चद्रागिरी हिल्सका अध्यक्ष हेमराज ढकालले स्वागत गर्नुभएको थियो ।
साथै अध्यक्ष ढकालले मन्त्री साब्रीलाई त्यहाँको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्वका बारेमा जानकारी गराउनु भएको थियो ।
चद्रागिरी हिल्सका निमित्त महाप्रबन्धक श्याम तण्डुकारका अनुसार परराष्ट्रमन्त्री साब्री खुलेको आकाश लहरै देखिएका सुन्दर हिमालका दृश्यले निकै मोहित हुनुभएका विदेशमन्त्री साब्री बिभिन्न स्थानमा सेल्फी खिच्दै रमाउनुभएको थियो ।
चन्द्रागिरि हिल्स दक्षिण एशियाकै एक महवपूर्ण पर्यटकीय र धार्मिक गन्तव्यका रुपमा विकास भइरहेको छ । सो हिल्समा केबलकार चढेर यसअघि पनि विभिन्न देशका सरकारप्रमुख तथा राष्ट्राध्यक्षका साथै अन्तर्राष्ट्रिय व्यक्तित्वहरु पुग्नुभएको छ ।
यसअघि यहाँ चिनियाँ विदेश मन्त्री वाङ यी पनि पुग्नुभएको थियो । विदेशमन्त्री यीले यहाँबाट केही तलसम्म ट्रेकिङ पनि गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर