Skip to content

नेविसंघले मन्त्री किराँतीको राजीनामा माग्दै उनको पुत्ला जलायो

काठमाण्डु।सत्तासाझेदार नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको राजीनामा माग गर्दै पुत्ला दहन गरेको छ।
नेपाल विद्यार्थी संघ सानोठिमी क्याम्पसको आयोजनामा संगठनका एक दर्जन केन्द्रीय सदस्यको उपस्थितिमा उनीहरुले मन्त्री किराँतीको पुत्ला दहन गरेका हुन्।
किराँतीले धार्मिक सद्भाव भड्काउन खाजेको र समाजमा अराजकता फैलाउन खोजेको नेविसंघका नेताहरुको ठहर छ। ‘स्टन्वाज, धार्मिक सद्भाव भड्काउने गैरजिम्मेवार, नालायक मन्त्री सुदन किराँतीको गलत कदमको विरोधमा पुत्ला दहन गरेका हौँ’, सानोठिमी क्याम्पसका एकाई अध्यक्ष एवं नेविसंघ केन्द्रीय सदस्य एन्जोर कार्कीले भने।
धार्मिक स्वतन्त्रतामा खलल पुर्याउने गतिविधि गर्न कसैलाई छुट नभएको भन्दै केन्द्रीय सदस्य भुवन भट्टले भने, ‘तत्काल प्रधानमन्त्रीले मन्त्री किराँतीलाई बर्खास्त गर्नुपर्छ।’
नेविसंघका नेताहरुले मन्त्रीको राजीनामा माग्दै ‘धार्मिक स्वतन्त्रतामाथि प्रहार गर्न पाइँदैन’, ‘पर्यटन मन्त्रालयमा भइरहेको भ्रष्टाचारको छानबिन गर’लगायतका नारा लगाएका थिए।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर