Skip to content

ठगबहादुर डीएसपीलाई उन्मुक्ति दिन बयान फेर्नेविरुद्ध मुद्दा दायर

काठमाण्डौं। नेपाल प्रहरीबाट बर्खास्तीमा परिसकेका इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन प्रमुख, डीएसपी ठगबहादुर केसीलाई जोगाउने गरी बयान फेर्ने एकजनाविरुद्ध मुद्दा दायर भएको छ।
भ्रष्टाचार मुद्दा लागेका केसीलाई लागेको अभियोगबाट उन्मुक्ति दिने गरी बकपत्र फेरेको अभियोगमा अख्तियारले रुपन्देहीको बुटवल उपमहानरपालिका–४ लक्ष्मीपुर निवासी खिलेन्द्र सिंह जिसीविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको हो।जीसीले केसीलाई सफाइ हुने नियत राखेर अदालतमा बयान फेरेको अख्तियारको दाबी छ ।
अख्तियारले यसअघि केसीलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो । सोही मुद्दाको सुनुवाइ प्रक्रियाका क्रममा जीसीको बकपत्र भएको थियो । इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन प्रमुख केसीले बरामद भएको सुन आफैंले राखेको र घुससमेत लिएको आरोप लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर