Skip to content

सहबासको लागि बिहानको समय उत्तम

एजेन्सी । यौन सम्बन्ध बनाउने कुनै निश्चित समय त हुँदैन तर पनि एक अध्ययनले बिहानको समयमा सेक्स राख्दा स्वास्थमा फाइदा पुग्ने निष्कर्ष निकालेको छ ।

अध्ययनमा बिहानको समय सेक्स गर्नाले मुटुको स्वास्थ्य राम्रो हुनुका साथै शरीरको प्रतिरोधात्मक शक्ति बढ्ने ल्लेख गरिएको छ । आयुर्वेदका अनुसार सेक्सको राम्रो आनन्द तबमात्र आउँछ जब दुबै पार्टनर पूर्ण रुपले रिल्याक्स हुन्छन् । उसो त सामान्यतया हेर्ने हो भने सेक्सका लागि मानिसले रातिको समयलाई चुन्ने गर्छन् ।

तर दिनभरको थकान र कामको शेड्यूलपछि राति सेक्सको बारेमा सोच्नु समस्या नै हुन सक्छ । त्यस कारण रातिको समय निद्रा पुरा गरेर बिहान फ्रेश मूडमा तपाईं एक सेशन ट्राई गर्न सक्नुहुन्छ । अध्ययनका अनुसार राम्रो निद्रा स्वास्थ्यका लागि निकै आवश्यक हुन्छ ।

युनिर्भसिटि अफ टेक्सासले गरेको एक अध्ययन अनुसार सेक्सको क्रममा अक्सिटसिन हार्मोन निस्कन्छ । जसले तपाईंको मूडलाई राम्रो बनाउने काम गर्छ । अक्सिटसिनले पार्टनरसँग तपाईंको निकटता बढाउने काम पनि गर्छ । यस अवस्थामा तपाईंले पुरै दिन आफ्नो पार्टनरसँग कनेक्ट भएको महसुस गर्न सक्नुहुन्छ ।

एक्ससाइज गर्नमा यदि तपाईंलाई अल्छी लाग्छ भने मर्निंग सेक्सले वर्कआउटलाई रिप्लेस गर्न सकिन्छ । रिपोर्ट्सका अनुसार सेक्स गर्दा एक घन्टामा ३०० क्यालोरी नष्ट हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर