Skip to content

‘गठबन्धन पूरै अवधि जान्छ, ‘इफ, बट’ नसोच्नु’:प्रचण्ड

रामेछाप। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सत्ता गठबन्धन पूरै अवधिसम्म कायम रहने बताएका छन् । आज (बिहीबार) रामेछापको सुनापति गाउँपालिकामा निर्मित प्रशासनिक भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले गठबन्धनका बारे कुनै इफ बट नसोच्न आग्रह गरे ।
‘यो गठबन्धन पूरै अवधि जान्छ । यसमा कतै इफ, बट नसोच्नुहोला । कुनै आशंका गर्न जरुरी छैन । हामीले सदन सुचारु गर्न, शान्ति प्रक्रियाका बाँकी कामहरु, खासगरी ट्रान्जिस्नल जस्टिससँग सम्बन्धित कामहरुलाई सहज रुपमा अगाडि बढाउन सत्ता पक्ष र प्रतिपक्षका बीचमा हुनसक्ने जती समझदारी होस् भन्ने कुरा त हामीले सुरुदेखि नै चाहेका छौं । प्रतिनिधि सभामा समिति गठन गर्दै गर्दा हामीले प्रतिपक्षलाई अहिलेसम्म नभएको उद्धारता प्रर्दशन गरेकै हो ।’ उनले भने, ‘प्रतिपक्षमा भएको राजनीतिक दललाई एउटामात्रै समिति दिने परम्परा थियो । हामीले यो पटक लेखासहित तीनवटा समिति दियौं । यसको अर्थ गठबन्धनमा कुनै खाल्को आँच पुर्याउने होईन र हुन पनि सक्दैन । यो गठबन्धन सानो संघर्षले बनेको होईन । चुनावपछि मात्रै होईन, यो हिजो चुनाव अघिको पनि कुरा हो ।’
वर्तमान सरकारले सामाजिक न्यायको क्षेत्रमा उल्लेखनीय कार्य गरेको उनको दाबी छ । मिटरव्याजी समस्या समाधान र नागरिकता विहीन नेपाली नागरिकलाई नागरिकताको व्यवस्था वर्तमान सरकारले नै गरेको उनले बताए । उनले अन्य तमाम सुधारका काम वर्तमान सरकारले गरेको बताए । १०औं वर्षपछि समयमै वर्तमान सरकारले पाठ्यपुस्तक विद्यार्थीहरुको हातमा पुर्याएको उनको दाबी छ । आफूले प्रधानमन्त्रीको जिम्मेवारी लिँदैगर्दा अर्थतन्त्रका सबै सूचकहरु कमजोर भएपनि अहिले क्रमश सुधार भइरहेको उनले बताए । उनले राजश्व बढिरहेको, अर्थतन्त्रका सूचकहरुमा सुधार आइरहेको, विभिन्न संस्थाहरु नाफामा गइरहेको बताए ।
साथै, संघीय निजामति ऐन, विद्यालय शिक्षा ऐन र प्रहरी समायोजन ऐनका काम समयमै सकेर संघीयतालाई बलियो बनाउने तर्फ आफू रहेको उनले बताए । आफूमा अझै सुधारको काम गर्ने छटपटी बाँकी नै रहेको उनले बताए । सरकारको कामले प्रतिक्रियावादीहरु विछिप्त बनेको उनको दाबी छ ।

 

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर