Skip to content

राष्ट्रिय सभाको निर्वाचनको सन्दर्भमा रबि पुगे ओली निबास

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन्। च्यासलमा एमाले केन्द्रीय सचिवालय बैठक बस्नै लाग्दा ओलीसँग वार्ता गर्न लामिछाने बालकोट पुगेका हुन्। एमालेका अन्य नेताहरू भने सचिवालय बैठकका लागि च्यासलमा भेला भइरहेका छन्। एमालेले आगामी माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनका लागि सत्ता गठबन्धनसँग पनि वार्ता गरिरहेको छ। एमालेले आफूलाई ६ सिट चाहिने बताएको छ। आगामी फागुनदेखि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनासहित एमालेका ८ जना राष्ट्रियसभाका सदस्य बिदा हुँदैछन्। यद्यपि माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा रास्वपाले भाग लिन पाउने छैन। स्थानीय तह र प्रदेश सभामा रास्वापका कुनै पनि जनप्रतिनिधि नभएकाले रास्वपासँग राष्ट्रियसभाका लागि मताधिकार नभएको हो।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर