Skip to content

जनताको घरदैलोमा जान थापाको अपिल

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकमा अहिले देखापरेको संवैधानिक अस्पष्टता र विवाददको निराकरण सर्वोच्च अदालतले गर्ने बताएका छन्। गृह जिल्ला मकवानपुरमा रहेका थापाले जिल्ला अध्यक्षहरुसँगको भर्चुअल बैठकमा अदालतलाई कुनै पनि पक्षले दवाव र प्रभाव दिन नहुनेमा जोड दिए।

अब सबै अट्ने राजनीतिक प्रणालीले मात्र मुलुकलाई जोगाउने जनाउँदै थापाले कसैलाई पनि निषेध गर्न नहुने बताए। राप्रपाको अबको बाटो संगठन सुदृढीकरण, जनसंघर्ष र महाधिवेशन केन्द्रित हुनुपर्ने तथा जनताको घरदैलामा जान ढिलो गर्न नहुने जनाउँदै थापाले योजनाबद्ध र प्रभावकारी ढंगले पार्टी एकताको भावनानुरुप जिल्लामा संगठन केन्द्रित हुन आग्रह गरे।

बैठकमा सचिवालय प्रमुखद्वय ध्रुवबहादुर प्रधान र भाष्कर भद्राले पार्टी निर्णय र कार्यान्वयन, संगठन सुदृढीकरण तथा भावी कार्यक्रमका बारेमा आआफ्नो धारणा राखेका थिए। आजको बैठकमा ३० जिल्लाका अध्यक्षको सहभागिता रहेको र बाँकी जिल्ला अध्यक्षको बैठक केही दिनभित्रै गरिने सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर