Skip to content

नेपाल विज्ञापन संघको अध्यक्षमा थापा, महासचिवमा कृष्ण घिमिरे विजयी

काठमाण्डौं। नेपाल विज्ञापन संघको नयाँ अध्यक्षमा एएनएस क्रियसनका अध्यक्ष सुदिप थापा विजयी भएका छन् । आइतबार भएको आनको ११ औं कार्यसमितिको निर्वाचनमा अध्यक्षमा एएनएस क्रियसनका थापासहित प्रथम उपाध्यक्षमा आउटरिच नेपालका उजय शाक्य, द्धितिय उपाध्यक्षमा प्रिज्मार्क मार्केटिङका पंकजलाल प्रधानलाई चयन गरेको हो ।

यस्तै महासचिवमा फ्युचर हब मिडिया मल्टिपर्पाेजका कृष्णप्रसाद घिमिरे, सचिवमा पब्लिक एडभरटाइजिङका सन्तोष खड्का, सहकोषध्यक्षमा मिडिया टाइम्सका अरुणकाजी स्थापित निर्विरोध निर्वाचित भएका हुन । त्यस्तै, कोषध्यक्षमा जोइन मिडियाका साजन श्रेष्ठले ७३ मत पाएर विजयी भए भने उनका प्रतिद्धन्द्धी जिरो मिडियाका जीवन पोखरेलले २५ मत पाएका थिए । त्यस्तै, सदस्यहरुमा रोशन रेग्मी(आरसी), रोशन पौडेल, सन्तोष सिलवाल(गिरी), प्रभात रिमाल, दिपेन्द्र पौडेल, विद्यान राजभण्डारी र मनिस अधिकारी भएका छन् ।
यस्तै संघको सदस्यहरुमा बिजनेश युनिटका रोशन रेग्मी ‘आरसी’, एड फ्याक्टरका सन्तोष सिलवाल गिरी, रेड पाण्डा एड लिंकका दिपेन्द्र पौडेल, मेक वेजका विधान राजभण्डारी, रेडियो लिंकका रोशन पौडेल, मार्सका मनिस अधिकारी र भोग एड एण्ड इभेन्ट म्यानेजमेन्टका प्रभात रिमाल निर्वाचित भएका छन् । संघका पदाधिकारी तथा सदस्यहरुले आइतबार नै शपथ ग्रहण गरेका छन् । संघको निर्वाचनबाट सवै विज्ञापन क्षेत्रको प्रतिनिधित्व रहेको र नयाँ कार्यसमिति तीन वर्षको लागि निर्वाचित भएको संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर