Skip to content

पालुङटार नगरपालिकाको १४ औं नगरसभा सम्पन्न

पोखरा। नगरपालिकको सभाहल पालुङटारमा नगरपालिकाको १४ औ नगरसभा  नगर प्रमुख विवस चिन्तनको अध्यक्षतामा सम्पन्न भयो । नगरसभा अध्यक्षको आगमनलाई नगरसभा सदस्यले स्वागत गर्दै राष्ट्रिय गीतबाट शुरु भएको नगरसभाको उद्दघाटन  अध्यक्ष विवस चिन्तनले गर्नु भएको थियो । सम्पूर्ण नगरसभा सदस्य, कर्मचारी, पत्राकार उपस्थित रहेको सो १४ औ नगर सभामा नगरसभा अध्यक्ष तथा नगर प्रमुखले १३ औ नगरसभाबाट पारित आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रमको अर्धवार्षिक समिक्षा प्रस्तुत गर्नुभयो ।

साथै नगरसभा सदस्य तथा उप-प्रमुख बन्दना पाण्डेले आर्थिक वर्ष २०८०/८१ को विनियोजिन ऐन विधेयकको अर्ध वार्षिक समिक्षा प्रस्तुत गर्नुभयो । शुन्य समयमा नगरसभा सदस्यहरुबाट उठेका प्रश्नहरुको नगरसभा अध्यक्ष, उपप्रमुख र प्रमुख प्रशासकिय अधिकृतबाट प्रश्नहरुको जवाफ दिनुभयो । सभा अध्यक्षले राख्नु भएको प्रस्ताबहरु माथि सभामा बृहत छलफल गरि नगरसभा बाट पारित गरियो ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर