Skip to content

नेकपा बहुमतले केपी शर्मा ओलीलाई आज पार्टीको साधरण सदस्य पनि नरहने गरेर कार्बाही गर्ने

काठमाडौं। नेकपा बहुमतले प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीलाई पार्टीबाटै निष्कासन गर्ने तयारी गरेको छ । बहुमतले यसअघि ओलीलाई अध्यक्ष पदबाट हटाउँदै उनको स्थानमा वरिष्ठ नेता माधव कुमार नेपालाई अध्यक्ष चयन गरिसकेको छ । यसअघि पार्टीको अनुशासन र विधि विधान विपरित काम गरेको भन्दै स्पस्टीकरण सोधिएकोमा उनले उक्त स्पस्टीकरणको जवाफ नदिएपछि पार्टीबाटै निष्कासन गर्न लागिएको नेकपा बहुमतका  एक शीर्ष नेताले जानकारी दिए ।
ती नेताका अनुसार आइतबार बस्ने स्थायी समिति बैठकले ओलीलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गर्नेछ ।

पार्टीले ओलीलाई स्पस्टीकरण सोधेको थियो । तर उहाँले जवाफ दिनुभएन । त्यसकारण उहाँलाई पार्टीबाटै हटाउनुको विकल्प भएन’, स्रोतले रातोपाटीलाई भन्यो, ‘यसअघि अध्यक्षबाट मात्रै हटाइएको थियो अब पार्टीबाटै हटाइन्छ ।’
नेकपाको स्थायी समिति बैठक आइतबार दिउँसो १२ बजे पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको छ । प्रधानमन्त्री केपी ओलीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गर्ने निर्णय गरेसँगै प्रचण्ड माधव पक्ष लगातार संघर्षमा छ ।

नेकपाको यो बहुमतसहित काँग्रेस, जसपा लगायतका दल तथा नागरिक समाजका अगुवा, बुद्धिजीवी, विद्यार्थी, मजदुर लगायतले ओली कदमको विरोध गर्दै प्रतिनिधिसभा पुनःस्थापना गरेर मात्रै प्रतिगामी कदम सच्चिने बताउँदै आएका छन् । रातोपाटीबाट

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर