Skip to content

खड्ग ओलीलाई नेकपाले साधरण सदस्य समेत नरहने गरी कार्बाही गऱ्यो

काठमाडौं। काम चलाउ प्रधानमन्त्री खड्ग ओलीलाई नेकपाको साधारण सदस्यबाट समेत हटाइएको छ ।

आज बसेको नेकपा बहुमत स्थायी कमिटी बैठकले प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष ओलीलाई साधारण सदस्यबाट हटाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

संसद् विघटनपछि प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटी बैठकले ओलीलाई अध्यक्षबाट हटाएको थियो । त्यसपछि साधारण सदस्यबाट किन नहटाउने भन्दै ओलीलाई तीन दिने स्पष्टिकरण सोधिएको थिए । स्पष्टिकरण नदिएपछि उक्त समूहले ओलीलाई नेकपाको साधारण सदस्यबाट समेत हटाएको हो ।

बैठकले माघ ९ गते संसद् विघटनविरुद्ध भएको प्रदर्शन सफलता पूर्वक सम्पन्न भएको निष्कर्ष निकालेको छ ।

भोलि सोमबार संसद् विघटनविरुद्ध आन्दोलनकाथप कार्यक्रम घोषणा गरिने प्रवक्ता श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर