Skip to content

बन्द तथा रुग्ण उद्योग सञ्चालन गर्ने प्रस्ताव एक हप्ताभित्र ल्याउन उद्योग मन्त्रालयलाई प्रधानमन्त्रीको निर्देशन

 

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बन्द रहेका हेटौंडा कपडा उद्योग, वीरगन्ज चिनी कारखाना, गोरखकाली रबर उद्योग लगायत उद्योगहरू सञ्चालन गर्ने विकल्पबारे छलफल गरेका छन् ।
आइतबार प्रधानमन्त्रीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग यसबारे छलफल गरेका हुन् ।
‘हेटौंडा कपडा उद्योग, वीरगन्ज चिनी कारखाना, गोरखकाली रबर उद्योग लगायत उद्योगहरू फेरि सञ्चालन गर्ने विकल्पबारे गहन छलफल भएको छ । पब्लिक–प्राइभेट–पार्टनरसीप (पीपीपी) मोडेलमा ती उद्योगहरू फेरि सञ्चालन गर्ने ठोस प्रस्ताव एक हप्ताभित्र पेस गर्न मन्त्रालयलाई निर्देशित समेत गरेको छु’, प्रधानमन्त्रीले सामाजिक सञ्जालमा भनेका छन्, ‘विश्वास छ– यस प्रयासले राष्ट्रिय अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान गर्नुका साथै उत्पादन र रोजगारी सिर्जनाका क्षेत्रमा कोशेढुंगाको काम गर्नेछ ।’

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर