Skip to content

खड्ग ओलीको महाराज बन्ने सपना चक्नाचुर पार्नेछौं:प्रचण्ड

बुटवल । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले श्री ३ महाराज बन्न चाहनेहरुलाई धरासायी पार्ने बताएका छन् ।

नेकपा बहुमतले आज बुटवलमा आयोजना गरेको जनसभालाई अध्यक्षले प्रचण्डले श्री ३ महाराज बन्नेहरुलाई लुम्बिनी प्रदेशले धरासायी बनाउने चेतावनी दिए ।

ओलीले संविधानको घाँटी रेट्ने काम गरेको प्रचण्डले आरोप लगाए । ‘संविधानको घाँटी रेटेर हत्या गर्ने, लोकतन्त्रको हत्या गर्ने निरंकुशता र स्वेच्छाचारी ओलीलाई चुट्कीको भरमा अन्त्य गर्ने हुनेछ’, प्रचण्डले भने, श्री ३ बन्ने ओलीको चाहनालाई समाप्त पारेर बाँकी दुई वर्षभित्र देशलाई समृद्ध बनाउने छौं ।

प्रचण्डले ओलीलाई आफैले प्रस्ताव गरेर अध्यक्ष बनाएको र आफैले समर्थन गरेर प्रधानमन्त्री बनाएको स्मरण गर्दै प्रचण्डले अहिले ओली सामन्ती निरंकुशताको एजेन्ट बनेको देख्दा दुर्भाग्य लागेको बताए ।

प्रचण्डले प्रतिनिधि सभा विघटनको मुद्दा अहिले अदालतमा विचाराधीन रहेको बताउँदै आफुले अदालतप्रति कुनै शंका गर्न नचाहेको बताए । तर, उनले सबैभन्दा ठूलो अदालत जनता र जनअदालत रहेको जिकिर गर्दै जनताले नै अन्तिम फैसल गर्ने बताए ।

सभालाई सम्बोधन गर्दै स्थायी कमिटी सदस्य घनश्याम भुसालले ओलीका प्रतिगमनकारी र निरंकुश कदमलाई जनताले हराएर छाड्ने दाबी गरे ।

ओलीमा निरंकुशताको प्रेत जागेको आरोप लगाउँदै भुसालले एकजना तानाशाहको सनक र इज्जत सब कुरा हो भन्दै आएको हुँदा आमनागरिकले आफ्नो जीवनको मूल्य खोज्नुपर्ने बेला आएको बताए ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर