Skip to content

चुनाव ओलीको सत्ता टिकाउने बहाना मात्रै हो : डा. रिजाल

बुटवल। नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले संसद पुनस्थापना हुनेमा आफू विश्वस्त रहेको बताएका छन्। बुटवलमा आयोजित एक साक्षात्कारमा नेता रिजालले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्थापना गर्नेमा विश्वास व्यक्त गरे।

विगतका प्रतिकूल अवस्थामा पनि अदालतले सही निर्णय लिएको स्मरण गर्दै उनले सर्वोच्चले संविधानको मर्म अनुरूपको व्याख्या गर्नेमा आफू विश्वस्त रहेको बताए। उनले भने, ‘पञ्चायत काल होस् या राजा ज्ञानेन्द्रको पालामा होस् अदालतले सही निर्णय गरेको छ। राजनीतिक दलको भन्दा अदालतको इतिहास राम्रो छ। तसर्थ प्रतिनिधिसभा पुनः स्थापना हुन्छ।’

प्रधानमन्त्री ओलीले सत्ता टिकाउनकै लागि निर्वाचन घोषणा गरेको पनि दावी गरे। रिजालले भने, ‘यो सरकारले निर्वाचनका लागि मिति घोषणा गरेको होइन। प्रतिनिधिसभा नरहेपछि सत्ता लम्बिन्छ भन्ने सोचले चुनावी घोषणा गरेको हो, त्यो बहाना मात्रै हो।’

उनले ‘न रहे बाँस न रहे बाँसुरी’ को संज्ञा दिँदै ओली सरकारले चुनाव गराउनै नसक्ने ठोकुवा गरे।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर