Skip to content

केपी शर्मा ओली ज्ञानेन्द्रपथमा:प्रकाशमान सिंह

काठमाडौँ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओली पूर्वराजा ज्ञानेन्द्रको बाटोमा लागेको बताएका छन् । सोमबार पार्टीका १३ भ्रातृसंस्थाले काठमाडौँमा आयोजना गरेको विरोध सभामा नेता सिंहले प्रतिनिधि सभामा विश्‍वासको मत लिने आँट नगरेर हठातमा विघटन गरी ओलीले पूर्वराजा ज्ञानेन्द्रको बाटोमा अगाडि बढिरहेको बताए ।

सिंहले आमनेपाली जनताले सडकबाट दबाब दिएपछि ओलीको होस खुल्ने बताए । ‘ज्ञानेन्द्रले नारायणहिटी छोडेर गएजस्तै बालुवाटर छोड्नुपर्दा ओलीको होस खुल्छ, ’ सिंहले भने । राजाको पालामा शाही आयोगलाई असंवैधानिक ठहर गरेको सर्वोच्च अदालतले अहिले ओलीको कदमलाई पनि सच्याउने विश्‍वासमा आफू रहेको उनले बताए ।

ओली सरकारले हुँदै नभएको अधिकारलाई दुरूपयोग गरेर, जनभावनाविपरीत संविधान कुल्चेर प्रतिनिधि सभा  विघटन गरेको नेता सिंहले बताए । ओलीले संविधान मिचेर निर्वाचनको ललिपप देखाएको आरोप लगाउँदै सिंहले संविधान मिचेर अन्तर्राष्ट्रिय अभ्यासको पाठ सिकाउँदै हिड्न गलत भएको बताए । प्रतिनिधि सभा सामना गर्ने हिम्मत नभएका ओलीले जनता छक्याउन निर्वाचनको ललिपप देखाएको बताए । ओलीले आफू तानाशाह बन्‍न प्रतिनिधि सभा भंग गरेको उनको भनाइ छ ।

संविधानको विशेषता शक्ति सन्तुलन भएकाले यसलाई सुधार गरी चेक एण्ड ब्यालेन्समा राख्‍ने काम न्यायपालिकाको भएको सिंहले बताए । नेकपालाई नामको मात्र कम्युनिस्ट पार्टी भएको सिंहको भनाइ छ । ईकागजबाट

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर