Skip to content

बागलुङमा बस दुर्घटना हुँदा ७ को मृत्यु, २५ जना घाइते

पोखरा। बागलुङमा बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । दुर्घटनामा २५ जना घाइते भएका छन् ।रुकुम पूर्वबाट काठमाडौँका लागि छुटेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नं. को बस आज साझ ५ बजे बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा दुर्घटना भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिनुभयो ।
बस सडकबाट करिब ३ सय मिटर तल खसेको उहाँले बताउनु भयो। अहिले उद्धार कार्य जारी रहेको र घाइतेलाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ लगिदै गरेको उहाँको भनाइ छ । घटनाको थप विवरण आउन वाँकी रहेको छ ।

डम्मर बुढा मगर, बागलुङ

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर