Skip to content

सरकारले संविधानको मर्मविपरीत काम गरेको छ-डा.भट्टराई

पोखरा।जनता समाजवादी पार्टी सङ्घीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले अहिलेको समयमा निर्वाचन हुन नसक्ने बताउनुभएको छ । जसपा चितवनले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाटमा उहाँले निर्वाचन घोषणा गरिए पनि हुने सम्भावना भने नरहेको विचार व्यक्त गर्नुभयो ।

पूर्वप्रधानमन्त्री डा भट्टराईले सरकारले लोकतन्त्रमाथि प्रश्न उठाउँदै संविधानको मर्मविपरीत काम गरेको आरोप लगाउँदै जनताको बलबाट भए पनि प्रतिनिधिसभा पुनःस्थापना हुन सक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हामी नजितेसम्म लड्छौँ । बाह्य शक्तिले हस्तक्षेप गर्ने खतरा छ, राष्ट्रियतामाथि नै खतरा छ ।” पार्टीले फागुन पहिलो सातादेखि संयुक्त आन्दोलनको तयारी गरिरहेको जानकारी पनि उहाँले बताउनुभयो ।

फरक प्रसङ्गमा उहाँले पार्टी एकताको प्रक्रिया केही समयमा नै टुङ्गाएर अघि बढ्ने योजनासहित अघि बढेको जानकारी दिनुभयो । “पार्टीलाई वैकल्पिक शक्तिका रुपमा विकास गर्ने योजनाका साथ हामी लागेका छौं”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर