Skip to content

एक दुई वर्षभित्र भूमिहिनलाई लालपुर्जा दिलाई छाड्छु : भरतपुर महानगर प्रमुख रेनु दाहाल

चितवन । भरतपुर महानगरपालिकामा भूमि सम्बन्धी समस्या समाधान आयोग अन्तर्गतको लगत संकलन ईकाईको स्थापना गरिएको छ । कार्यालयमा स्थापना गरिएको लगत संकलन ईकाइको भरतपुर महानगर प्रमुख रेनु दाहालले उद्घाटन गरिन् ।

महानगर प्रमुख रेनु दाहालले कार्यलय उद्घाटन गरेसंगै अब महानगरले औपचारिक रुपमा भूमि समस्या समाधानका लागि काम थालेको हो । महानगरले ईकाई अन्तर्गतका कर्मचारीका लागि अभिमुखीकरण समेत प्रदान गरेको छ ।

देशैभरका भूमिहिन र अव्यवस्थित बसाई बसिरहेकाहरुको समस्या समाधानका लागि नेपाल सरकारले देवी ज्ञवालीको अध्यक्षतामा भूमि सम्बन्धी समस्या समाधान आयोग गठन गरेको थियो । सोही आयोगले अहिले जिल्लामा समेत पूर्णता पाएको छ ।

महानगरले पनि भूमिहीनका समस्या समाधानका लागि कर्मचारी भर्ना गरी लगत संकलन थालेको हो । भरतपुर महानगरभित्रका सबै भूमिहीनको समस्या समाधान गर्ने आफूहरुको चुनाबी घोषणा नै रहेको र त्यसलाई पूरा गर्न महानगरले कार्यालय स्थापना गरी काम थालनी गरेको महानगर प्रमुख रेनु दाहालले बताइन् । आफ्नो कार्यकालभित्रै महानगरका सबै भूमिहीनको समस्या समाधान गरिने मेयर दाहालको भनाई छ ।

कर्मचारीले फिल्डमा पुगेर लगत संकलन गर्ने संकलित लगतको आधारमा आफूहरुले भूमि समस्या समाधान गर्ने दाहालको भनाई छ । आउँदो असार मसान्तभित्रैमा लगत संकलन गर्ने र छिटोभन्दा छिटो पुर्जा हस्तान्तरण गर्ने उनले प्रतिवद्धता जनाइन् ।

कार्यक्रममा महानगर उपप्रमुख पार्वती शाह ठकुरीसहित वडाका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । सफल खबरबाट

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर