Skip to content

सत्ताबाट अलगथलग भएपछि प्रचण्डले सडकमा पलेँटी कसेरै आन्दोलन गर्ने

बिगतमा आफू जादुमय तबरबाट पाँचै बर्ष प्रधानमन्त्री बन्ने उद्घोष गर्दै आएका माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ताबाट बाहिरिएसँगै संविधानबाट जनताका अधिकार खोस्ने गरी कांग्रेस र एमालेले संविधान संशोधनको विषय अघि सारेको बताएका छन्।

पुष्पलालको जन्मशताब्दीको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले देशका दुई ठूला दल जनताका अधिकार खोस्ने प्रयासमा रहेको बताएका हुन्।

तर, त्यस्तो हुन नदिने बताएका प्रचण्डले जरुरी परे फेरि सडकमा पलेँटी कसेरै भए पनि संविधान संशोधनका लागि हुने दुष्प्रयास रोक्ने धारणा व्यक्त गरे।

‘नेपाली जनताले प्राप्त गरेको अधिकार खोस्ने दुस्साहस हुँदै छ,’ उनले भने, ‘संविधान संशोधन गर्नुपर्छ भन्ने पक्षमा हामी पनि छौँ। तर, जनताले प्राप्त गरेका अधिकार खोस्न होइन, जनतालाई अझ अधिकार पुगेको छैन। त्यो अधिकार दिलाउने पक्षमा छौँ। जरुरी पर्छ भने सडकमा पलेँटी कसेर भए पनि, जनताको साथमा बसेर भए पनि तिनीहरूको दुष्प्रयास सफल दिँदैनौँ।’

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर