Skip to content

गोरखाको रेसेफाँट भिरमा पहिरो जाँदा पाँच जना बेपत्ता

गोरखा। गोरखाको धार्चे गाउँपालिका वडा नम्बर ५ स्थित रेसेफाँट भिरमा मा पहिरो जाँदा ५ जना बेपत्ता भएका छन् । बेपत्तामध्ये तीन जना एउटै परिवारका छन् । बेपत्ता सोलाल गुरुङ, उनका छोरा जीत बहादुर गुरुङ, बुहारी शान्ति गुरुङ बेपत्ता छन् । वाटर इनर्जीका सामाजिक परिचालक रमेश गुरुङ, वाटर इनर्जीका चालक रमेश परियार वेपत्ता छन् ।
स्थानीय दिलिप गुरुङ र छम बहादुर गुरुङ सख्त घाइते अवस्थामा उद्धारको पर्खाइमा रहेका रहेका वडा अध्यक्ष भीम प्रसाद गुरुङले जानकारी दिनुभयो ।
बिहान ३ः३० बजेतिर एउटा घर र एउटा कृषि फर्मलाई पहिरोले पुरेको थियो ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालले पहिरोमा घर र कृषि फर्म पुरिएको खबर पाएलगत्तै खोज तथा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको बताउनुभएको छ । घाइतेको उद्धारको लागि हेलिकप्टरको विकल्प नभएकोले गृह मन्त्रालयसँग समन्वय भईरहेको बताउनुभयो ।
दाहालका अनुुसार अनुसार खोर्लाबेसीबाट नेपाली सेना र आरुघाटबाट सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ । घटना स्थालमा सेना र प्रहरीको टोली पुग्न ६ घण्टाको समय लाग्ने वडा अध्यक्ष गुरुङले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर