Skip to content

मानव तस्करको आरोप लागेका समिर लामा पक्राउ

सन्दीप सुनार

टोकियो। गैर आवासिय नेपाली संघ (एनआरएनए) जापान र ओसाकाको एक कम्पनीको कागजपत्र दुरुपयोग गरी अबैध रुपमा बिभिन्न मान्छेलाई जापान भित्र्याउने समिर लामा काठमान्डौबाट पक्राउ परेका छन ।
गत १८ तारिख भिजिट भिषामा जापान प्रबेश गरेका लामाले गैर कानुनी रुपमा नेपालीहरुलाई जापान प्रबेश गराइ रकम असुल्ने गरेको समाचार बहिरिएको थियो ।
तिनै ब्यक्तिहरुलाई जापान प्रबेश गराउनका लागि एनआरएनए जापानको लेटर प्याडको समेत दुरुपायोग गरेको खुलेपछि एनआरएनए जापानले बिज्ञप्ती र पत्रकार सम्मेलन मार्फत अनुसन्धान गरी कार्वाहीका लागि आग्रह गरेको थियो ।
पत्रकार सम्मेलनमा समिरले एनआरएनए र ओसाकामा रहेको एक कम्पनीको कागजपत्र दुरुपायोग गरेको स्विकार समेत गरेका थिए ।
एनआरएनए जापानको रोहबरमा समिरलाई नेपाल पठाउन कोसिस गर्दा पनि पहिलो प्रयास असफल भएको थियो । पहिलो पटक नारिता बिमानस्थलबाट भाग्न खोजेका उनलाई नियन्त्रणमा लिएर सोमबार नेपाल पठाइएको थियो ।
‘उसलाई हामीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिसकेका छौं’ मानव बेचबिखन सेलका एसएसपी ओम रानाले भने ’अब बाँकी कुरा अनुसन्धान पछी मात्रै थाहा होला ।’
समिर पक्राउ परेको सुचना आफुले पनि पाएको एनआरएनए जापानका अध्यक्ष नबिन निउरेले जानकारी दिए । ‘पहिलो पटक नेपाल पठाउन खोज्दा बोर्डिङ पास भैसकेपछी उनी भाग्न खोजेका थिए ’निउरेले भने ’दोश्रो पटकको प्रयासमा नेपाल पठाउएका थियौँ ।’
पक्राउ परेका लामालाई मानब बेचबिखन, कागजपत्र किर्ते, मानब तस्करी लगायतका अभियोगमा अनुसन्धान गरिने प्रहरीले जनाएको छ |

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर