Skip to content

क्यानले गर्‍यो नेपाल प्रिमियर लिगको तयारी

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग टी–२० फ्रेन्चाइज क्रिकेट प्रतियोगिता आयोजनाको तयारी सुरु गरेको छ । क्यानले शुक्रबार लिगमा प्रतिस्पर्धा गर्ने टोलीको स्वामित्व ग्रहण गर्न सार्वजनिक सूचना प्रकाशित गरेको छ । सूचनाअनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीले १५ दिनभित्र आफ्नो कार्ययोजना प्रस्तुत गर्नुपर्नेछ । लिगमा आफ्नो टोली खरिद गर्न चाहने कम्पनी कानुनी रूपमा नेपालमा दर्ता भएको हुनुपर्ने क्यानले जनाएको छ । विदेशी कम्पनीको हकमा नेपालमा रहेको कम्पनीसँग ‘ज्वाइन्ट भेन्चर’का रूपमा आबद्ध हुनुपर्नेछ ।

१५ दिनमा परेका आवेदनको अध्ययनपछि योग्य कम्पनीलाई क्यानले नेपाल प्रिमियर लिग टोलीको स्वामित्व दिनका लागि सम्झौता हुने क्यानका प्रवक्ता छुम्बी लामाले बताए । टोलीको स्वामित्व लिने कम्पनीसँग क्यानले रकम लिनेछ । टोली छनोट भएपछि खेलाडी अक्सनलगायतका बाँकी प्रक्रिया क्यानले अघि बढाउने लामाले बताए । क्यानको कार्यसमितिले नेपाल प्रिमियर लिगको सञ्चालनका लागि सचिव पारस खड्कालाई जिम्मेवारी दिएको छ ।
मंसिर–पुसमा लिग
क्यानले नेपाल प्रिमियर लिग मंसिर–पुसमा आयोजना गर्ने तयारी गरेको छ । त्यसअघि नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत सेप्टेम्बरमा क्यानडामा र अक्टोबरमा अमेरिकामा सिरिज खेल्दै छ । सेप्टेम्बरमा क्यानडा, नेपाल र ओमानबीच एकदिवसीय त्रिकोणात्मक सिरिजमा प्रतिस्पर्धा हुनेछ । अमेरिकाले अक्टोबरमा घरेलु मैदानमा नेपाल र साबिक विजेता स्कटल्यान्डसँग त्रिकोणात्मक सिरिज आयोजना गर्नेछ । सिरिजपछि नेपाल प्रिमियर लिगका लागि समय मिलाउन क्यानले कोसिस गरिरहेको लामाले बताए । क्यानले लिगलाई ६ वटा सहरको नाममा ६ टोलीलाई प्रतिस्पर्धा गराउनेछ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर