Skip to content

रोल्पामा पहिरोले घर पुँरिदा नातिनी र हजुरआमाको मृत्यु

रोल्पा। पूर्वी रोल्पाको सुनछ्हरी गाउँपालिकाको सिउरी गाउँमा गएको पहिरोमा पुरिएर एकै घरका हजुरआमा र नातिनीको जनाको ज्यान गएको छ। प्रहरीले बताए अनुसार शुक्रबार सुनछहरी-४ कामीडाँडास्थित सिउरीकी करिब ७० वर्षीया बसुना सुनार र उनकी ४ वर्षकी नातिनी माया सुनारको पुरिएर मृत्यु भएको हो। अविरल वर्षाले शुक्रबार दिउँसोको घटनाबारेमा प्रहरीले राति ९ बजेतिर मात्रै जानकारी पाएको थियो। देउसिं सुनारको घर पहिरोमा परेर पुरिएको र घटनास्थलमा पुगेर उद्धार गरेका सुलीचौर इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्तोष घिमिरेका अनुसार पहिरोमा पुरिएकाहरुको खोजी निकै लामो समयसम्म गर्नुपरेको थियो। देउसिंको ढुंगा र माटोबाट बनेको २ कोठे घर माथि बाट आएको पहिरोले पुरिएको थियो। देउसिं भने सुरक्षित रहेको प्रहरीले जनाएको छ। घटनापछि छिमेकीलाई सुरक्षित स्थानमा सारिएको छ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर