Skip to content

नेकपाले श्वयतपत्र जारी गर्ने

काठमाडौं।नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको पछिल्लो अवस्थाका बारेमा छिट्टै श्वेतपत्र सार्वजनिक गर्ने बताएका छन ।

मिडिया एलाइन्ससँग पार्टीका तर्फबाट आयोजना गरिएको अन्तरक्रियामा उनले नेकपामा पछिल्लो पटक देखिएको विवाद किन र के कारणले उत्पन्न भएको हो ? र, यसले पारेको प्रभावलगायत विषय समेटिएको श्वेतपत्र जारी गर्न लागिएको बताएका हुन ।

उनले सशस्त्र सङ्घर्ष, शान्ति सम्झौता, संविधानसभा हुँदै पछिल्लो निर्वाचन शान्ति, समृद्धि र सुशासनका लागि भएपनि त्यो अनुरुप मुलुक अघि बढ्न नसकेको उल्लेख गरे ।

अध्यक्ष दाहालले भने, “मुलुकको पछिल्लो अवस्थाबारे हामी छिटोभन्दा छिटो श्वेतपत्र जारी गर्ने तयारी गर्दैछौँ । त्यसमा समग्र विषय समेटिने छ ।”

उनले नेपाली जनताका प्रतिनिधिले निर्माण गरेको संविधानको रक्षा र बलिदानबाट प्राप्त उपलब्धि जोगाउनु अहिलेको प्राथमिकता भएको बताए । उनले यतिबेला सत्य र असत्य, लोकतन्त्र र पश्चगमनबीचको लडाई भइरहेको स्पष्ट पारे ।

उनले सङ्घीय संसदमा भएका दुईतिहाइ बढीले संसद् विघटन असंवैधानिक भनेर सङ्घर्षमा रहेको जिकिर गरे ।

अध्यक्ष दाहालले संविधान र व्यवस्थाको रक्षा गर्नु पहिलो दायित्व भन्दै त्यसका लागि सबैको सहयोग आवश्यक पर्ने पनि बताए ।

“अहिले हामी संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सडकमा छौँ । हामी नागरिक आन्दोलनसँगै छौँ, मिडियाकर्मीको भावनासँगै जोडिएका छौँ भन्ने लागेको छ”, अध्यक्ष दाहालले भने,“लोकतन्त्रको हत्या गर्ने र लोकतन्त्रलाई जोगाउनेहरु उस्तै उस्तै भनेर बुझ्नु हुँदैन ।”

उनले संयुक्त जनपरिचालनका लागि विभिन्न राजनीतिक दल, नागरिक समाजलगायतसँग छलफल भइरहेको जानकारी दिए ।

कार्यक्रममा सो समूहका अध्यक्ष माधवकुमार नेपालले आफूहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेको नभइ प्रतिगामी कदम र प्रवृत्तिको विरोध गरेको बताए ।

प्रजातन्त्र र लोकतन्त्र नै खतरामा पर्ने अवस्था आएपछि आफूहरुले त्यसको रक्षाका लागि अग्रसर भएको उल्लेख गर्नुभयो । प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको अधिकार नै नरहेको उल्लेख गर्दै उहाँले संविधानले नै नदिएको अधिकार कोही कसैले पनि प्रयोग गर्न नहुने बताए ।खबरहबबाट

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर