Skip to content

केसीसीको शैक्षिक प्रदर्शनी शुक्रबारदेखि, १२ हजारले अवलोकन गर्ने अनुमान

काठमाडौँ। काठमाडौँको पुतलीसडकमा रहेको कान्तिपुर सिटी कलेजले ‘केसीसी एक्जिबिट २०२४’ आयोजना गर्ने भएको छ । कलेजले यही साउन ३२ र भदौ १ गते प्रदर्शनी गर्न लागेको प्रदर्शनीका मिडिया संयोजक तथा कलेजका वरिष्ट प्रशासन प्रमुख राजिव तिमिल्सिनाले बताए ।
कलेजले आयोजना गरेको यो १७औं श्रृंखला हो । प्रदर्शनीको उद्घाटन उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले गर्नेछन् । सिंह क्याम्पस रहेको क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सांसद पनि हुन् । प्रदर्शनीमा विज्ञान, प्रविधि तथा सूचना प्रविधिको विकासमा भएका उपलब्धि र अवसरहरु, नेपालको दीर्घकालीन विकास संरचनाका नमुनाहरु, बजार र बजार व्यवस्थापनका सीप, दक्षता र सम्भावनाका नमुनाहरु राखिने कलेजका प्रबन्ध निर्देशक डा. प्रल्हाद कार्कीले बताए । कार्कीले विद्यार्थीले औपचारिक अध्ययनसँगै रोजगारमा पनि जोडिन चाहेको शिक्षा खोजेकाले आफूहरुले त्यस्तै शिक्षा प्रदान गर्दै आएको बताए । कार्कीले प्रदर्शनीले विद्यार्थीहरुमा केही गरौं भन्ने भावना जाग्ने अपेक्षा गरेको जनाएका छन् ।
केसीसी एक्जिबिट २०२४ को मूल नारा ‘क्ष्ललयखबतभ, भ्हजष्दष्त, क्ष्लकउष्चभ’ (आविष्कार, प्रदर्शन, उत्प्रेरणा) रहेको छ । यस कार्यक्रममा विद्यार्थीहरूले आफ्ना नयाँनयाँ प्रोजेक्टहरू प्रदर्शन गर्नेछन् । प्रदर्शनीमा उद्योग, संघसंस्थाहरू तथा प्राज्ञिक क्षेत्रसँग यससम्बन्धी अन्तरक्रिया गर्नेछन् ।

प्रदर्शनीमा राखिने नमुनाहरु इन्जिनियरिङ, आइटी र व्यवस्थापनसँग सम्बन्धित रहने छन् । प्रदर्शनीमा १२ हजारभन्दा बढी अवलोकनकर्ताले भ्रमण गर्ने अपेक्षा गरिएको पनि मिडिया संयोजक तिमल्सिनाले बताए ।
कलेज प्राङ्गणमै हुने प्रदर्शनीमा मनोरञ्जनका लागि गायिका एलिना चौहान, हास्यकलाकार जितु नेपालसहित राष्ट्रिय स्तरका कलाकारहरुको विभिन्न प्रस्तुति, लाइभ म्यूजिक, केसीसी आइडलको फाइनल इभेन्टसमेत आयोजना हुने मिडिया संयोजक तिमल्सिनाले जानकारी दिए । दुई दिन चल्ने प्रदर्शनीलाई जानकारीमूलक, ज्ञानवद्र्धक र मनोरञ्जनपूर्ण बनाउने प्रयास गरिएको उनले बताए ।
प्रदर्शनीमा ‘इन्नोभेसन इन इन्फर्मेसन टेक्नोलोजी एण्ड इन्जिनियरिङ टू इन्हान्स इफिसियन्सी एण्ड सस्टेनेबिलिटी’ शीर्षकमा कन्फरेन्स पनि हुनेछ । यो कन्फरेन्समा तीन वटा महत्वपूर्ण पेपर प्रस्तुति र प्यानल डिस्कसनसमेत हुने छन् ।
कान्तिपुर सिटी कलेज सन् २००० देखि पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धनप्राप्त सूचना प्रविधि, इन्जिनियरिङ, ब्यवस्थापन तथा आमसञ्चार विषयको अध्ययन, अध्यापन हुने अग्रणी कलेज हो ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर