Skip to content

निर्वाचन आयोगमा सेटिंगको संकेत! नेकपाको आधिकारिकता टुंग्याउने जिम्मा बिबादित नबनियुक्त आयुक्त रामप्रसाद भण्डारीलाई

काठमाडौं । निर्वाचन आयोगले आईतबार एउटा अचम्मको निर्णय गर्‍यो । नेपाल कम्युनिष्ट पार्टी नेकपाको आधिकारिकता सम्बन्धी विवाद निर्वाचन आयोगमा विचाराधिन छ । यो विवादकै बीच सरकारले अध्यादेश मार्फत संसदीय सुनुवाई पनि नगरिकन अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायतमा ३८ जनालाई नियुक्त गरेको थियो । त्यसै मध्येका एक हुन् रामेछाप घर भएका बरिष्ठ अधिवक्ता तथा नवनियुक्त आयुक्त रामप्रसाद भण्डारीलाई ।

सामान्य ढंगले हेर्दा पनि जसको नियुक्ति विरुद्ध नेकपाको प्रचण्ड नेपाल पक्ष आन्दोलनमा छ उसैलाई सो पार्टी सम्वन्धी विषयको निरुपण गर्ने जिम्मा लगाउदा कस्तो परिणाम आउला ?

आयुक्त भण्डारीले नेकपाको विवादलाई कसरी अध्ययन गर्नेछन् र के सुझाव दिनेछन् भन्ने विषय भविष्यको गर्भमा छ । तर कन्फ्लिक्ट अफ ईन्ट्रेष्टको सामान्य सिद्धान्त अनुसार पनि निर्वाचन आयोगको आजको निर्णय अचम्म लाग्ने खालको छ ।

नेकपाका कतिपय नेताहरुले भने आयोगको यो निर्णयलाई सेटिङको असरको संज्ञा दिएका छन् । भण्डारीले माघ २१ गते पद तथा गोपनियताको सपथग्रहण गरेका थिए । त्यसपछि आज बसेको आयोगको बैठकले भण्डारीलाई नै नेकपा विवाद हेर्ने जिम्मा दिएको हो ।

कुनैबेला राप्रपाका अध्यक्ष पशुपति शम्शेर जवराको नजिक रहेका भण्डारी अहिले अर्थमन्त्री विष्णु पौडेलको फेरो समाएर आयोगमा नियुक्ति खान पुगेका हुन् ।समाचार दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर