Skip to content

असोजमै उत्तरी गोरखामा भारी हिमपात, जनजीवन प्रभावित

गोरखा,१३ असोज। उत्तरी गोरखामा भारी हिमपात भएको छ। शुक्रबारदेखि परेको हिमपातका कारण जनजीवन कष्टकर बनेको चुमनुब्री गाउँपालिका साम्दोका निमा लामाले जानकारी दिनुभयो।

“एक फिटभन्दा बढी हिउँ परेको छ। हिउँ पर्ने मौसम सुरु नहुँदै यस वर्ष हिउँ परेको छ। लार्के पास गर्न आएका पर्यटकहरू यतै रोकिएका छन्,” लामाले भन्नुभयो।

समुद्री सतहदेखि १२,७१३ फिट उचाइमा रहेको गोरखाको अन्तिम गाउँ साम्दो हो। यो गाउँ जिल्ला सदरमुकामबाट ५२ कोस उत्तरमा पर्दछ।

घनाजंगलले ढाकिएको हिउँ परेपछि बोर्डर आउटपोस्ट (बीओपी) का प्रहरीहरूले बाटो पन्छाउने कार्यमा खटिएका छन् र मौसम खुलेपछि मात्र यात्रामा निस्कन पर्यटकहरूलाई सुझाव दिएका छन्।

तस्वीर: प्रहरी निरीक्षक विश्वराज त्रिपाठी
तस्वीर: प्रहरी निरीक्षक विश्वराज त्रिपाठी

बिहानैदेखि सशस्त्र प्रहरी टोली बाटोमा जमेको हिउँ पन्छाउन लागिपरेको बीओपीका प्रमुख विश्व त्रिपाठीले जानकारी दिनुभयो।

छेकम्पारलगायत उत्तरी गोरखाका धेरै ठाउँमा हिमपात भएको छ। बिहीबारदेखि जिल्लाका तल्ला क्षेत्रमा पानी परेको छ भने हिमाली क्षेत्रमा हिमपात भएको छ। असोजमै हिमपात विरलै हुने गरेको सामागाउँका स्थानीय मिङ्मार लामाले बताउनुभयो।

 

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर