Skip to content

सुकौरा खोलामा बगेर निधन भएकी बालकुमारीको परिवारलाई राहत

गोरखा,१८असोज। सहिद लखन गाउँपालिका वडा नं ६ घैरुङ अधेरीकी ७० वर्षीया बालकुमारी श्रेष्ठको असमायिक निधन भएपछि जिल्ला प्रशासन कार्यालयले राहत प्रदान गरेको छ।
गत असोज १२ गते बुंकोट स्वास्थ्य चौकीबाट फर्कने क्रममा सुकौरा खोलाले बगाएर बालकुमारीको निधन भएको थियो। उहाँ सहिद लखन गाउँपालिका वडा नं ६ घैरुङ अधेरीका राम कुमार श्रेष्ठकी श्रीमती हुनुहुन्थ्यो।
आज असोज १८ गते प्रमुख जिल्ला अधिकारी भोला दाहाल मृतकको घरमा पुगेर जिल्ला विपद् राहत कोषबाट रु.२ लाख (संघीय सरकारबाट) र रु.५० हजार (प्रदेश सरकारबाट) गरी जम्मा रु.२ लाख ५० हजार नगद बालकुमारीकी छोरी एलिना श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर