Skip to content

पोखरामा सवारी दुर्घटना, तीन घाइते

पोखरा, १ कात्तिक। पोखरा–म्याग्दी सडक खण्डको बडहरेमा आज बिहान भएको सवारी दुर्घटनामा तीन जना घाइते भएका छन्।
प्रहरीका अनुसार पोखराबाट म्याग्दीतर्फ जाँदै गरेको बसमा यात्रु चढाउने क्रममा पछाडिबाट आएको टिप्परले ठक्कर दिएको हो। दुर्घटनामा परी म्याग्दी धौलागिरी गाउँपालिका–५ का ८४ वर्षीय हर्कलाल छन्त्याल गम्भीर घाइते भएका छन्। उनीको फिस्टेल अस्पतालमा उपचार भइरहेको छ।
त्यस्तै, टिप्पर चालक सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–३ का ३१ वर्षीय मनोज कटुवाल र नुवाकोटका २८ वर्षीय बुद्ध घले पनि घाइते भएका छन्। उनीहरूको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर