Skip to content

गोरखामा राष्ट्रपति रनिङ शिल्डको उपाधि रामेश्वरी माविलाई

गोरखा,१३ कार्तिक। गोरखाको राष्ट्रपति रनिङ शिल्ड तथा प्रथम शहीद लखन थापा स्मृति कप २०८१ को उपाधि रामेश्वरी मावि बुङ्कोटले हात पारेको छ। ११ स्वर्ण पदक जित्दै रामेश्वरी मावि प्रतियोगिताको च्याम्पियन बन्न सफल भएको हो।
४ स्वर्ण पदक जितेको शहीद स्मृति मावि बुङ्कोट दोस्रो स्थानमा रह्यो। भलिबलको पुरुषतर्फको स्वर्ण पदक भने सिञ्जाली मावि ताक्लुङले जित्न सफल भयो। प्रतियोगिताको समापन समारोहमा बोल्दै गाउँपालिका अध्यक्ष रमेशबाबु थापा मगरले विद्यार्थीहरूको खेलकुद प्रतिभा विकासका लागि पालिकाले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने बताए। उनले यस्ता प्रतियोगिताले विद्यार्थीहरूमा अनुशासन, टिमवर्क र नेतृत्व क्षमता विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए।

आज सम्पन्न भएको खेलमा विजयी खेलाडीहरूलाई गाउँपालिका अध्यक्ष रमेशबाबु थापा मगरले मेडल र प्रमाणपत्र प्रदान गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर