Skip to content

अजिरकोटमा राष्ट्रपति रनिङ शिल्डको समापन: प्रभा माविको विजय

गोरखा,१५ कार्तिक। अजिरकोट गाउँपालिकामा सम्पन्न चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रभा मावि, खरिबाेटले उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियन बन्न सफल भएको छ। विद्यालयले कुल १८ पदक (९ स्वर्ण, ५ रजत र ४ कास्य) जितेर प्रतियोगितामा आफ्नो दबदबा कायम राखेको हो।
दोस्रो स्थान हासिल गर्ने ज्ञानज्योति मावि, हँसपुरले २० पदक (६ स्वर्ण, ७ रजत र ७ कास्य) जित्दा, तेस्रो स्थानमा रहेको हिमालय मावि, सिमजुङले ४ स्वर्ण पदक प्राप्त गरेको छ।
सोमबारदेखि सुरु भएको प्रतियोगितामा महिलातर्फको भलिबलमा चतुर्माला मावि, मुच्चाेक र पुरुषतर्फको भलिबलमा हिमालय मावि, सिमजुङ विजयी भएको शिक्षा शाखाका कर्मचारी सुदिप थापाले जानकारी दिए।
विजयी खेलाडी र विद्यार्थीलाई ट्रफी, मेडल, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिएको थियो।

गाउँपालिका अध्यक्ष दीपक देवकोटाको प्रमुख आतिथ्यतामा भएको समापन समारोहमा सहभागीहरूले नाचगान गरी उल्लास हर्षोउल्लास मनाएका थिए।
अजिरकोट गाउँपालिकाले बालबालिकामा लुकेका प्रतिभा प्रस्फुटन गर्न प्रत्येक वर्ष पालिका स्तरीय यस्तो प्रतियोगिता आयोजना गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर